नुवाकाेटकाे तादी खोलामा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
५ वैशाख, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–१० तादीपुलस्थित तादी खोलामा पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पासाङ ल्हामु सडकखण्डमा सडक निर्माणको काम गर्दै आएका पाँच जना मजदुरमध्ये दुप्चेश्वर गाउँपालिका–६ करेजुङका अन्दाजी १८ वर्षीय सुन बहादुर तामाङ शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका थिए।
दिउँसो करिब १२ः५० बजे बेपत्ता भएका तामाङको स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा करिब १ः२० बजे मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति : April 18, 2026 at 3:36 pm









