नियुक्तिमा घुस खुवाउने नै जेल पुगेपछि सेवोनका सन्तोषले देखाए नैतिकता
५ वैशाख, काठमाडौँ । धितोपत्र बोर्ड (सेवोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिनुभएको छ । आफ्नो नियुक्तिका लागि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूलाई अर्बौ घुस खुवाएर सेटिङ मिलाउने विचौलिया दीपक भट्ट सम्पत्ति शुद्धिकरणको मुद्दामा जेलमा पुगेपछि श्रेष्ठले नैतिकता आधारमा राजीनामा दिएका हुन । यद्यपी श्रेष्ठले वर्तमान सरकारलाई काम गर्न सहज बनाउन राजीनामा दिएको बताइएको छ ।
अर्थमन्त्री स्वर्णीम वाग्लेको प्रेस सल्लाहकार नविन ढुंगानाले श्रेष्ठको राजीनामाको पुष्टि गर्नुभएको छ । श्रेष्ठको राजीनामा शुक्रबार अबेर अर्थ मन्त्रालयमा पुगेको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले लामो रस्साकस्सीका बीचमा श्रेष्ठलाई बोर्डको अध्यक्ष नियुक्त गरिएको थियो । ओली मन्त्रिपरिषद्ले बोर्डको अध्यक्षमा नियुक्त गरेपछि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलसँग श्रेष्ठले पद तथा गोपनियताको सपथ लिनुभएको थियो ।

श्रेष्ठको नियुक्ति अघि ५ अर्ब घुसको विषयमा बजारमा चर्चा भएको थियो । उक्त घुसको कुरामा अंकसहित केपी शर्मा ओलीसहितका नेताहरूले पनि सार्वजनिक टिप्पणी गर्नुभएको थियो । बोर्डले कुनै पनि कम्पनीका लागि लागतको पाँच गुणासम्म बढी देखाएर आईपिओमा जान अनुमति दिएर कमिसन असुल्ने गरेको छ । श्रेष्ठ भन्दा अघिका बोर्डका अध्यक्षले पनि दशाैँ करोड घुस बुझाएर नियुक्ति लिएको विषय सार्वजनिक भएको थियो ।
प्रकाशित मिति : 07:36









