जेन्जीको नाममा आतंक मच्चाइरहेका गणेश घिमिरेको अछाम सरूवा
३ वैशाख, काठमाडौँ । जेन्जी आन्दोलनका नाममा सिंहदरबारभित्र आतंक मच्चाइरहेका शाखा अधिकृत गणेश घिमिरेको सरूवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले घिमिरेसहित ६ जना शाखा अधिकृतको सरूवा गरेको हो । मन्त्रालय स्रोतका अनुसार घिमिरेलाई अछामको मल्लेख गाउँपालिका सरूवा गरिएको छ ।
घिमिरेले जेन्जी आन्दोलनका नाममा मन्त्रीदेखि अन्य उच्च पदस्थ कर्मचारीलाई धम्की दिने गरेको विषय यसअघि बाहिर आएको थियो । घिमिरेले भदौ २३ र २४ को आन्दोलनपछि नयाँ कर्मचारी समूह गठन गरेका थिए । सार्वजनिक प्रशासन रुपान्तरण अभियान २०८२ नाम दिइएको उक्त समूहको संयोजक स्वयं घिमिरे रहेका थिए । घिमिरे दुर्गा प्रसाइको साथमा लागेर प्रधानसेनापतिसँग समेत वार्ता गर्न पुगेका थिए ।

यसअघि पेशागत महासंघका अध्यक्ष समेत रहनुभएको निजामति कर्मचारीहरूको आधाकारिक संगठनका संस्थापक अध्यक्ष पुण्यप्रसाद ढकालले दैनिकीसँगको कुराकानीमा घिमिरेको गतिबिधि रोक्नुपर्ने बताउनुभएको थियो ।
त्यस्तै केशवकुमार अधिकारीको पर्साको कालिकामाइ गाउँपालिकामा सरूवा गरिएको छ । त्यस्तै सन्तोषकुमार शर्मालाई धनुषाको जनकननन्दिनी गाउँपालिकामा सरूवा गरिएको छ भने भोपाल खड्कालाई सल्यानको कुमाख गाउँपालिकामा सरूवा गरिएको छ ।

प्रकाशित मिति : 20:43









