परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट
२ वैशाख, काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जर्मनीका राजदूत उडो यूजेन भोल्जले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल–जर्मनी सम्बन्धका विविध विषयहरूमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
सो अवसरमा राजदूत भोल्जले जर्मनीका सङ्घीय विदेशमन्त्री डा योहान डेविड वाडेफुलको तर्फबाट नेपालका परराष्ट्र मन्त्रीमा नियुक्त हुनु भएकामा मन्त्री खनाललाई शुभकामना व्यक्त गर्नुभएको अवगत गराउनुभएको थियो ।
प्रकाशित मिति : 15:59









