२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

इजरायलसहित ४ देशका लागि पुनः श्रम स्वीकृति खुल्ला

२ वैशाख, काठमाडाैं। सरकारले इजरायल लगायत चार देशका लागि पुनः श्रम स्वीकृति खुल्ला गरेको छ । इजरायल, अमेरिका र इरानबीच बढेको तनावका कारण यसअघि रोकिएको श्रम स्वीकृति पुनः सुरु गरिएको हो ।

 श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०८२ चैत ३१ गते गरेको मन्त्रीस्तरीय निर्णयअनुसार इजरायल, कुवेत, बहराइन र लेबनानका लागि पुनः श्रम स्वीकृति प्रदान गर्न सुरु गरिएको हो ।

त्यस्तै, इराकका लागि भने २०८२ पुस ११ को पूर्व निर्णयअनुसार नै श्रम स्वीकृति दिइने वैदेशिक रोजगार विभागले जनाएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ (ईआरटी) को सिफारिसका आधारमा बाँकी देशहरूमा पनि पुनः श्रम स्वीकृति खोलिएको मन्त्रालयले जनाएको छ । नयाँ श्रम स्वीकृतिको हकमा भने ती देशको अवस्था पूर्ण रूपमा सामान्य भएपछि मात्रै निर्णय गरिने बताइएको छ ।

प्रकाशित मिति : 15:50