सवारी दुर्घटनामा घाइते प्रहरी निरीक्षक लामाको मृत्यु
१ वैशाख, काठमाडौं । ट्रकको ठक्करबाट गम्भीर घाइते हुनुभएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ३३ वर्षीय अभय लामाको मृत्यु भएको छ ।
रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ घर भएका लामा गत चैत २९ गते ट्रकको ठक्करबाट गम्भीर घाइते हुनुभएको थियो । लामाको ललितपुर ग्वार्कोस्थित ‘बी एण्ड बी’ अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : 14:06









