३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

आयातित वस्तुहरुमा १५ दिनभित्र एमआरपी ताेक्न विभागको निर्देशन

३० चैत, काठमाडौं । सरकारले विदेशबाट आयात (पैठारी) गरी नेपालमा बिक्री वितरण गरिने सम्पूर्ण वस्तुहरूमा अब अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य रूपमा उल्लेख गर्न आयातकर्तालाई निर्देशन दिएको छ । सोमबार विभाग र नेपाल समुद्रपार निकासी पैठारी संघका प्रतिनिधिहरूबीच भएको छलफलपछि विभागले यस्तो निर्णय गरेको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १५ दिनको समयसीमा तोक्दै उक्त अवधिभित्र आयातित तथा स्टकमा रहेका वस्तुमा एमआरपी नतोकिए कारबाही गर्ने चेतावनी दिएको छ ।

अब आयातकर्ताले नेपालमा बिक्री गरिने सबै वस्तुहरूमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य एमआरपी उल्लेख गर्नुपर्नेछ। साथै बिक्रीका क्रममा अनिवार्य रूपमा बिल–बिजक जारी गर्नुपर्ने व्यवस्था पनि लागू हुनेछ।

प्रकाशित मिति : 17:57