भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० स्टलमा परिषद्ले लगायो ताला
३० चैत, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा भाडामा सटल लिएर वर्षौंदेखि भाडा नतिरेपछि आज ताला लगाइएको छ । भाडा लिएर पनि नतिर्नेमध्ये २० वटामा आज समाजकल्याण परिषद्ले सुरक्षाकर्मीको सहयोगमा ताला लगाएको हो ।
परिषद्ले लामो समयदेखि भाडा बक्यौता बाँकी रहेका रिपोटर्स क्लवदेखि अन्य कार्यालय र व्यवसाय सञ्चालन गरेका संरचनामा ताला लगाएको हो । भाडा बक्यौता बुझाउनका लागि पटक पटक सूचना जारी गर्दा समेत भाडा तिर्न अटेर गरेकाले ताला लगाइएको परिषद्ले जनाएको छ ।
परिषद्ले रिपोटर्स क्लव, काठमाडौं पुस्तकालय, फोटो पत्रकार महासंघ, अपाङ्ग महासंघलगायत २० वटा संरचनामा ताला लगाइएको हो ।
प्रकाशित मिति : 16:46









