प्रधानमन्त्रीको पैत्रिक सम्पत्ति १९० तोला गरगहना, डेढ करोड बैंक ब्यालेन्स
२९ चैत, काठमाडाैँ । प्रधानमन्त्री बालेन शाहले आफ्नो बैंक ब्यालेन्स १ करोड ४६ लाख रुपैयाँ रहेको जानकारी दिनुभएको छ । आइतबार सार्वजनिक भएको प्रधानमन्त्रीको सम्पत्ति विवरणमा उहाँले १ करोड ४६ लाख रुपैयाँ रहेको जानकारी दिनुभएको छ ।
उहाँले आफ्नो सम्पत्तिको मुख्य स्रोत सामाजिक सञ्जाललाई मान्नुभएको छ । उहाँले फेसबुकमा रहेका ४० लाख, युट्युबमा रहेका १२ लाख र एक्समा रहेका ५ लाख फलोअर्स पनि सम्पत्तिको रूपमा सार्वजनिक गर्नुभएको छ ।

सार्वजनिक विवरण अनुसार प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा १९० तोला गरगहना रहेको उल्लेख छ । सुन, चाँदी, हिरा लगायतका गरगरहना १९० तोला रहेको विवरणमा उल्लेख छ । उहाँले सम्पत्तिको स्रोत ‘पैत्रिक’ रहेको उल्लेख गर्नुभएको छ ।
सम्पत्ति विवरणमा प्रधानमन्त्री बालेनले आमा ध्रुवदेवी शाहको नाममा काठमाडौं वडा नम्बर ९ मा ५ आना जमिन रहेको र धनुषामा १.२ विघा जमिन रहेको उल्लेख गर्नुभएको छ । त्यस्तै बुवा रामनारायण शाहको नाममा महोत्तरीमा ९ विघा जग्गा रहेको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री शाहसहित मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
प्रकाशित मिति : 23:16









