दक्षिणकालीमा भिरबाट कार खस्दा एक जनाको मृत्यु
२९ चैत, काठमाडाैं । हेटौंडाबाट काठमाडौं आउँदै गरेको कार दक्षिणकाली नगरपालिकाको रानीमडाँडामा दुर्घटना हुँदा एक जनाको निधन भएको छ। आइतबार दक्षिणकाली–९ स्थित केरावारी–सितचोक नजिकैको सडकमा अनियन्त्रित भइ भिरबाट खसेको हो।
हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५२८१ नम्बरको कार करिब ७ सय मिटर खस्दा काठमाडौं बस्ने ३४ वर्षीय सुरज खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ।
प्रकाशित मिति : April 12, 2026 at 4:28 pm









