योजना आयोगमा ६ सदस्य नियुक्त
२६ चैत, काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त गरेको छ । अर्जुनजंग थापा, प्रा. डा. सञ्जय आचार्य, डा. देवेन्द्र गौचन, रेशु अर्याल, प्रा. डा. सुदन झा र डा. पुकार मल्ल योजना आयोग सदस्यमा नियुक्त हुनुभएकाे हाे ।
यसअघि सरकारले योजना आयोग उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको थियो ।
प्रकाशित मिति : 17:53









