सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता
२६ चैत, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ। अध्यक्ष दाहालले सभामुख अर्याललाई भेटेर बधाई दिनुभएको हो ।
अर्याल हालै मात्रै प्रतिनिधि सभाको सभामुखमा निर्वाचित हुनुभएको थियो। साथै उहाँहरूबिच सदनलाई व्यवस्थित बनाएर लैजाने विषयमा छलफल भएको जनाइएको छ।
प्रकाशित मिति : 16:04









