८ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026

यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयर निष्काशन तथा बिक्री खुला

२६ चैत, काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आजदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले १००ः१० अनुपातमा १०० रुपैयाँ अंकित मूल्यमा २३ करोड १० लाख रुपैयाँबराबरको २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १७ गते बुकक्लोज गरेको थियो। यसकाे अर्थ फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको हकप्रद सेयरमा २०८३ वैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ।

 इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। सेयरधनीहरुले बिक्री प्रबन्धकका साथै लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँडपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : April 9, 2026 at 9:15 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/