२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

इरानसँग दुई हप्ताका लागि युद्धविराम गर्न ट्रम्प सहमत

२५ चैत, काठमाडाैँ । इरानसँग दुई हप्ताका लागि युद्धविराम गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहमति जनाउनु भएको छ । स्ट्रेट अफ हर्मुज तुरुन्त खोल्ने शर्तमा यस्तो सहमति गरिएको ट्रम्पले फेसबुक मार्फत जानकारी दिनुभएको छ ।

यो युद्धविराम दुईपक्षीय हुने ट्रम्पले बताउनुभएको छ । योसँगै दुबैले तत्काल आक्रमण रोक्नेछन् । पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफको पहलपछि यस्तो सहमति भएको बताइएको छ । युद्धविरामसँगै कच्चा तेलको मूल्य घटेको छ ।

प्रकाशित मिति : 07:02