समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षसहित ३ जनाको राजीनामा स्वीकृत
२४ चैत, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र दुई जना सदस्यको राजीनामा स्वीकृत भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँहरूको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
अध्यक्ष श्रीमण गौतम तथा विज्ञ सदस्यद्वय ललितकुमार महर्जन र ध्रुव आचार्यले आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा राजीनामा पेश गर्नुभएको थियो । सरकारले उनीहरूलाई २०८१ साल वैशाख २० गते दुई वर्षका लागि नियुक्त गरेको थियो । कार्यकाल बाँकी रहँदै उहाँहरूले राजीनामा दिनुभएको हो ।
प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलवार १४:४३













