सभामुख डीपी अर्यालले गरे पद बहाली
२२ चैत, काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदबहाली गर्नुभएको छ ।

आज अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उहाँले सभामुखको कार्यभार सम्हाल्नु भएको हो । उहाँलाई संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उच्चअधिकारीले स्वागत गर्नुभएको थियो ।
प्रकाशित मिति : २२ चैत्र २०८२, आईतवार १६:४२













