महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त
२२ चैत, काठमाडौं । सरकारले डा. नारायण कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई सरकारको कानुनी सल्लाहकार बनाउने निर्णय गरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ता नियुक्त गर्ने व्यवस्था छ।
प्रकाशित मिति : २२ चैत्र २०८२, आईतवार १६:१९













