२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

करिब २८ अर्ब ऋण लिने सरकारको निर्णय

२२ चैत, काठमाडौं । सरकारले विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) बाट करिब २८ अर्ब रूपैयाँ बराबर सहुलियत ऋण लिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय लिएको हो।

सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टका लागि एशियाली विकास बैंकबाट ४० मिलियन र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको बताउनुभयाे ।

यस्तै, सरकारले विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण दिगो र समावेशी वित्त परियोजनाका लागि स्वीकार गर्ने निर्णय गरेको छ । नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय भएको उहाँले बताउनुभयाे ।

प्रकाशित मिति : 15:05