ओली-लेखकको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश शर्मा र पोखरेलको इजलासमा
२२ चैत, काठमाडाैं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुने भएको छ।आइतबार न्यायाधीशहरू विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा दुई पक्षबीच छलफल हुने भएको हो।
जेनजी आन्दोलनका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो ।
उक्त पक्राउ गैरकानुनी भन्दै चैत १५ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको थियो । चैत १६ गते दुवै रिटमा भएको छुट्टाछुट्टै इजलासपछि विपक्षी सरकारका नाममा कारण देखाऊ आदेश भएको थियो ।
प्रकाशित मिति : April 5, 2026 at 11:42 am









