सिंहदरबारमा राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक
१८ चैत, काठमाडौं । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको कार्यकक्ष सिंहदरबारमा मंगलबार दिउँसो बैठक बसेको हो ।
बैठकमा भोलिदेखि शुरु हुने २० औँ अधिवेशनको पूर्वतयारी, राष्ट्रिय सभा उपाध्यक्ष र सभापतिको निर्वाचन तथा नवनिर्वाचित सदस्यहरुलाई समितिमा विभाजन लगायतका विषयमा छलफल भएको संसद् सचिवालयले जानकारी दिएको छ ।
त्यस्तै, सभाको आगामी बैठकको कार्यसूची, सभामा सीट प्लान, सभाको प्रस्तावित कार्यतालिका, कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको मनोनयन, समितिमा सदस्यहरुको मनोनयन, उपाध्यक्षको निर्वाचन, सभापतिको निर्वाचन लगायतका विषयमा छलफल भएको हो ।
प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार १४:५९













