२० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026

सर्वदलीय बैठक बस्दै, यस्ता छन् एजेन्डा

१८ चैत, काठमाडौं । संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै छ। आज दिउँसो १ बजे संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा बैठक बस्ने तय भएको छ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संसद् सचिवालयका अधिकारी सहभागी हुनेछन्। यसपटकको प्रतिनिधिसभामा रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रमसंस्कृति र राप्रपा गरी ६ वटा दलले राष्ट्रिय मान्यतासहित प्रतिनिधित्व गरेका छन् । एक जना स्वतन्त्र (महावीर पुन) निर्वाचित सांसद हुनुहुन्छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा प्रतिनिधि सभाको पहिलो बैठक भोलि दिउँसो २ बजे बस्दै छ। बैठकमा भोलिबाट सुरु हुने संसद् अधिवेशनबारे छलफल हुनका साथै सभामुख उपसभामुख चयन प्रक्रियाबारे पनि छलफल हुने जनाइएको छ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार १२:००