२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

बाख्रा चराउन गएका वडासदस्यको भिरबाट लडेर मृत्यु

१३ चैत, कैलाली । चुरे गाउँपालिका–५ भासु गाउँमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार चुरे गाउँपालिका–५ का वडासदस्य ४७ वर्षीय दुर्गा अर्खालीको मृत्यु भएको हो ।

उहाँ घर नजिकैको जङ्गलमा बाख्रा चराउन जानुभएको थियो तर साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा निजको शव फेला परेको थियो । यो घटना गए रातिको हो ।

प्रकाशित मिति : March 27, 2026 at 11:22 am