३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

दुई रातमै तयार भयो नेपाल कम्युनिष्ट पार्टीको विधान, एकीकृत पार्टीमा १० तहका कमिटी रहने


१३ चैत, काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संगठन र विधानसम्बन्धी कार्यदलले दुई रातमै विधान तयार गरेको छ । एकीकृत पार्टीको अन्तरिम विधान काठमाडौंको गोकर्ण रिसोर्टमा दुई दिन दुई रात लगाएर नेताहरुले तयार गरेका छन् । मन्त्री बनेकाहरु व्यस्त बनेपछि मन्त्री नभएका नेताहरुले गत बिहीबारदेखि शनिबार बिहानसम्म रिसोर्टमा बसेर विधानको मस्यौदा तयार गरेका हुन् ।

दुई पार्टीलाई एकीकरण गरी नेपाल कम्युनिष्ट पार्टी गठन गर्ने यसअघि नै सहमति गरेका नेताहरुले एकीकृत पार्टीमा १० तहका कमिटी बन्ने जनाएका छन । एकताका लागि गठित संगठन र विधानसम्बन्धी कार्यदलले सोमबार एकीकृत पार्टीमा १० तहका कमिटी रहने सांगठननिक संरचनामा सहमति गरेको हो ।

सहमति अनुसार मुल नेतृत्वसहित संघीय संरचनाअनुसार १० तहको एकीकृत पार्टीको सांगठनिक स्वरुप र तहगत संरचना बनाउने समझदारी गरेको छ । जसअनुसार पार्टीको नेतृत्व एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले सहअध्यक्षका रुपमा आलोपालो प्रणालीबाट गर्नेछन् ।

सबैभन्दा माथि स्थायी समिति हुनेछ । त्यसपछि क्रमशः पोलिटब्युरो, केन्द्रीय कमिटी, सबैभन्दा माथि स्थायी समिति हुनेछ । त्यसपछि क्रमशः पोलिटब्युरो, केन्द्रीय कमिटी, राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रीय कमिटी, महानगररउपमहानगररनगर, गाउँपालिकारवडा र प्रारम्भिक कमिटीसहित १० वटा तहगत संरचनामा कमिटी बन्नेछ ।

दुवै पार्टीका नेताको व्यवस्थापन गर्न राष्ट्रिय प्रतिनिधि परिषद् बनाउने सहमति पनि भएको छ । परिषद्लाई महाधिवेशनअगावै नेतृत्व फेर्नेदेखि विधान परिवर्तन गर्नेसम्मको अधिकार रहेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७४, मंगलवार ०८:०६