१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

फ्याटको मात्रा मापदण्ड भन्दा कम भेटिएपछि सिताराम दूधको वितरण रोक्का

३ चैत, काठमाडौं । दूधमा चिल्लो पदार्थको मात्रा(फ्याट) को मात्रा मापदण्ड भन्दा कम भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सिताराम गोकुल मिल्क्स उद्योगको प्रशोधित दुध रोक्का गरेको छ।

 सरकारी मापदण्डले प्रशोधित दूधमा कम्तीमा ३ प्रतिशत चिल्लो पदार्थ (फ्याट) हुनुपर्ने स्पष्ट व्यवस्था गरे पनि सीताराम गोकुल मिल्क्सको दूधमा केवल १.४ प्रतिशत मात्रै फ्याट पाइएको छ।

सोही ब्याच (उत्पादन मिति, २०८२-१२-०२, व्याच नंस् २८६१०) को दूधलाई उद्योगको प्रयोगशालामा परीक्षण गर्दा पनि चिल्लो पदार्थको मात्रा न्यूनतम अनिवार्य मापदण्डभन्दा कम पाइएको पुष्टि भएको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३३ अनुसार, उत्पादन भई बिक्री वितरणको लागि तयारी अवस्थामा रहेको ५१९ केट (प्रत्येक ५०० मिलि × २० पोका प्रति क्रेट) प्रशोधित दुधलाई रोक्का राखिएको छ।

प्रकाशित मिति : March 17, 2026 at 5:35 pm