दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द
२ चैत, काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । यात्री र कर्मचारीको सुरक्षालाई सुनिश्चित गर्न अस्थायी रुपमा सबै उडान बन्द गरिएको अधिकारीहरुले बताएका छन् । विमानस्थल नजिक लागेको आगो निभाउन मुस्किल भइरहेको बेला सबै उडान रद्द गरिएइको हो ।
यसअघि अधिकारीहरूले विमानस्थल नजिकै लागेको आयो नियन्त्रणका लागि प्रयास जारी रहेको बताएका थिए । दुबई मिडिया अफिसका अनुसार सोमबार भएको ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको थियो ।
प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार १०:३३










