२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

रवि लामिछानेको मुद्दासम्बन्धी रिट हेर्दाहेर्दैमा

१ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मुद्दामा बहस नसकिएपछि आज हेर्दाहेर्दैमा राखिएको छ। आइतबार सुनुवाइका लागि पेशी तोकिएको भए पनि बहस नसकिएपछि रिट हेर्दा हेर्दैमा परेको हो।

न्यायाधीश सारङ्गा सुवेदी र सुनीलकुमार पोखरेलको इजलासमा पहिलो नम्बरमै उक्त रिटको पेसी तोकिएको थियो। आइतबार रिट निवेदकका तर्फबाट दिनेश त्रिपाठी, टिकाराम भट्टराई र सुरेन्द्र भण्डारीले बहस गर्नुभएकाे थियाे । त्यस्तै महान्यायाधीवक्ता कार्यालयका तर्फबाट महान्याधीवक्ता सविता भण्डारी र नायब महान्यायाधीवक्ताले बहस गर्नुभएकाे थियाे । बहसले भोली निरन्तरता पाउनेछ ।

प्रकाशित मिति : 17:40