ओलीलाई समवेदना दिन गुन्डु पुगिन् पूर्वराष्ट्रपति भण्डारी
१ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गुन्डु पुग्नुभएको छ । पिता गुमाउनुभएका ओलीलाई समवेदना दिन भण्डारी गुन्डु पुगेको उहाँको सचिवालयले जनाएको छ ।
ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको हो ।
प्रकाशित मिति : १ चैत्र २०८२, आईतवार १३:५५










