२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा हुने

२९ फागुन, काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी चैत ५ र ६ गते काठमाडौँमा हुने भएको छ ।

महासङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा महाधिवेशन आयोजक समिति संयोजक गेल्जे लामा शेर्पाले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार महाधिवेशनको राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्घाटन समारोह हुने र चैत ६ गते स्वयम्भू स्टार ब्याङ्क्वेटमा बन्दसत्र सञ्चालन हुनेछ ।

“प्राकृतिक स्रोत जल, जमिन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, प्राचीन सभ्यता र ऐतिहासिक पृष्ठभूमिको पहिचानको आधारमा प्रदेशहरूको पुनः नामाङ्कन गर” भन्ने महाधिवेशनको मूल नारा रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार २०:०९