२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

ओली पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि

२९ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।  मोहनप्रसादको आज भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा निधन भएको थियो ।

अन्त्येष्टि अघि उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेता, कार्यकर्ता, परिवारका सदस्य र आफन्तहरु अस्पताल पुगेका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार १४:०६