२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

स्वर्णिम वाग्लेको चुनाव खर्च २६ लाख ९० हजार खर्च

२९ फागुन, काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट तनहुँ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार स्वर्णिम वाग्लेले आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गर्नुभएकाे छ ।

निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार उहाँले चुनावको लागि २६ लाख ९० हजार ७५४ रुपैयाँ खर्च गर्नुभएकाे छ । उहाँको प्रचार प्रसार सामग्री खरिद तथा प्रिन्टको लागि सबैभन्दा बढि ६ लाख ५० हजार २९८ रुपैयाँ खर्च भएको देखिएको छ ।

त्यसैगरी विद्युतिय प्रचार प्रसार ३ लाख ४८ हजार ४६४ रुपैयाँ,खाना खाजा तथा अस्थायी बसोवास ३ लाख ४८ हजार ९०० रुपैयाँ खर्च भएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार ११:३८