२५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026

नाडाका नवनिर्वाचित अध्यक्ष उप्रेतीले गरे पदभार ग्रहण

२८ फागुन, काठमाडाैं। नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)का नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले पदभार ग्रहण गर्नुभएकाे छ । नाडाको केन्द्रीय कार्यसमितिको आज बसेको पहिलो बैठकमा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई आफ्नो पदभार विधिवत रूपमा हस्तान्तरण गर्नुभएकाे हाे ।

सो अवसरमा निवर्तमान अध्यक्ष चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नाडाको संस्थागत विकास तथा अटोमोबाइल क्षेत्रको उन्नयनमा उनको नेतृत्व महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयाे ।

यसै अवसरमा नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै आफ्नो कार्यकालमा नाडाको उद्देश्य, विधान तथा मूल्य मान्यताहरू अनुरूप संस्थालाई अझ सशक्त, सक्रिय तथा प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

उहाँले सम्पूर्ण सदस्य व्यवसायीहरूको हित संरक्षण, अटोमोबाइल क्षेत्रको विकास तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै अघि बढ्ने धारणा व्यक्त गर्नुभयाे ।

प्रकाशित मिति : 17:45