सिरहा अदालत अगाडि बम विस्फोट
२७ फागुन, काठमाडौं । सिरहा जिल्ला अदालत अगाडि बम विस्फोट भएको छ । जिल्ला अदालत अगाडि रहेको मधेश ल फर्ममा कुकर बम विस्फोट भएको जनाइएको छ। बिस्फोटबाट ल फर्मको सिसा र भित्र रहेका कागजात र फर्निचरमा क्षति पुगेको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार १७:०१










