बाफलमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
२५ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका-१३ बाफलस्थित सडकमा बा.प्र.०२-०४९ प १६३५ नम्बरको मोटरसाइकल र लु.७९ प ३४९ नम्बरको स्कुटर एकआपसमा ठाेक्किँदा एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने नवलपरासी पूर्व घर हुनुभएकी ५० वर्षीया पिन्की देवी रौनियार रहनुभएकाे छ ।
दुर्घटनामा गम्भीर घाइते हुनुभएकाे उहाँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी स्कुटर चालकको सोही अस्पतालमा र मोटरसाइकल चालकको शहिद मेमोरियल अस्पताल कलंकीमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार १७:४९










