२१ फाल्गुन २०८२, बिहीबार | Thu Mar 5 2026

बागलुङको अस्थायी केन्द्रमा मतदान सकियो

२१ फागुन, बागलुङ ।अस्थायी मतदान केन्द्र बागलुङ कारागारमा ९६.३६ प्रतिशत मत खसेको छ । जिल्ला कारगारमा कायम रहेका ५५ जना कैदीबन्दीमध्ये ५३ जनाले मतदान गरेका हुन् ।
कारागार प्रमुख तथा निर्वाचन अधिकारी धिरेन्द्र पन्तका अनुसार दलका प्रतिनिधिसँग छलफलपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पठाइने छ । बागलुङमा २३० मतदान केन्द्र र एक लाख ९३ हजार ३८१ जना मतदाता कायम छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १४:०६