३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

जिल्ला समन्वय समितिका प्रमुखलाई रातो पासपोर्ट, गाउँपालिका प्रमुखले विशेष राहदानी पाउने


१२ चैत, काठमाडौँ । जिल्ला समन्वय समितिका प्रमुखले पनि कूटनीतिक राहदानी प्रयोग गर्न पाउने भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कूटनीतिक राहदानी प्रयोग गर्न पाउनेहरुको सूची संशोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुखहरुलाई पनि कुटनीतिक राहदानी प्रयोग गर्न दिने निर्णय गरेको हो ।

संशोधित सूची अनुसार प्रदेशमन्त्री, सांसदसँगै जिल्ला समन्वय समितिका प्रमुखसम्मले कूटनीतिक राहदानी प्रयोग गर्न पाउनेछन । सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाको अनुसार गाउँपालिका अध्यक्षहरुले विशेष राहदानी प्रयोग गर्न पाउने छन ।

सरकारले सोमबार नै स्थानीय प्रशासनले दिएको मुचुल्का र अस्पतालको विल भर्पाईका आधारमा चुनावको समयमा भएका बम विस्फोटका घाइतेहरुको उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७४, सोमबार १५:३८