खेलौना बिगारेको भन्दै ५ वर्षीया बालिकाको हत्या
१२ चैत, कास्की । कास्कीमा एक १४ वर्षीय बालकले खेलौना बिगारेको भन्दै ५ वर्षीया बालिकाको हत्या गरेको तथ्य सार्वजनि भएको छ । पोखरा नयाँबजारमा मृत भेटिएकी ५ वर्षीया बिहानी थापाको खेलानौ बिगारेको भन्दै १४ वर्षीय बालकले हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्या गर्ने बालक पोखरा–लेखनाथ महानगरपालिका– ९, नयाँबजारमा रहेको निट एण्ड क्लिन सर्भिस प्वाइन्टमा काम गर्ने पुन थरका हुन । बालिका थापाको परिवार पाल्पा घर भए पनि पोखरामा बस्दै आएका छन ।
प्रहरीले हत्यामा संल्गन पुनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ । आइतबार साँझ हराएकी बालिकाको खोज्ने क्रममा राति १० बजे सिमेन्टको बोरा, ढुंगा र बालुवाले छोपेको अवस्थामा शव भेटिएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी खड्गबहादुर खत्रीले बताएका छन ।
प्रकाशित मिति : १२ चैत्र २०७४, सोमबार १५:१६












