नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित
२५ माघ, काठमाडौँ । आइसीसी पुरुष टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
भर्खरै सम्पन्न खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भएको हो । इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४४ रनको योगदान गरे । त्यस्तै लोकेश बम र रोहित कुरमा पौडेलले ३९–३९ रनको योगदान गरे । बलिङतर्फ इङ्ल्यान्डका लागि लिम डसनले दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्गल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।
इङ्ल्यान्डका लागि जेकब वेथेल र कप्तान हेरी बेकरले अर्धशतकीय पारी खेले । ३५ बल खेलेका जेकबले ४ चौका र ४ छक्काको सहयोगमा ५५ रन बनाए । त्यस्तै ३२ बल खेलेका हेरीले ४ चौका र ३ छक्काको सहयोगमा ५३ रन बनाए ।
इङ्ल्यान्डका लागि विल ज्याकले ३९ रन बनाए । बलिङतर्फ नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले दुई दुई विकेट लिए । त्यस्तै शेर मल्ल र सन्दीप लामिछानेले एक एक विकेट लिए ।
प्रकाशित मिति : २५ माघ २०८२, आईतवार १८:५८








