२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

रोजगारीको अवसर, गोरखापत्र संस्थानले माग्यो कर्मचारी

१६ माघ, काठमाडाैं ।गोरखापत्र संस्थानले विभिन्न तहका ९१ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। संस्थानले शुक्रबार सूचना प्रकाशित गर्दै नवौं तहदेखि दोस्रो तहसम्मका प्राविधिक, प्रशासनिक तथा व्यवस्थापकीय पदमा जनशक्ति माग गरेको हो।

इच्छुक नेपाली नागरिकहरूले तोकिएको योग्यता पूरा गरी फागुन ७ गतेसम्म दरखास्त दिन सक्नेछन्। सो अवधिभित्र आवेदन दिन नसकेकाले दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार १०:२०