२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

विजय लघुवित्तको एफपीओ बाँडफाँड, ७ जनाले पाए ११ कित्ता सेयर

६ माघ, काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ। लघुवित्तले पुस २१ गतेदेखि पुस २४ गतेसम्म खुला गरेको एफपीओ आज सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्काशन गरेको थियो। सो निष्काशनमा २१ लाख ९९ हजार २६ जनाले २ करोड ५० लाख ४१ हजार कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये २१ लाख ९६ हजार ३४ जनाको आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन्।

कम्पनीको एफपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो । गोलाप्रथाबाट बाँडफाँड गर्दा ४६ हजार ६८१ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा बाँकी रहेको ७ कित्ता सेयर सोही लगानीकर्ताहरु मध्येका ७ जनाले थप १र१ कित्ता गरी ११ कित्ता सेयर पाएका छन्।

प्रकाशित मिति : 09:43