आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
२४ पुस, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य २ हजार र चाँदीको मूल्य १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुन प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबर भएको थियो । यस्तै आज चाँदीको भाउ समेत घटेको छ । आज चाँदीको मूल्य तोलामा १०० रुपैयाँले घटेर ४ हजार ८३५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलामा ४ हजार ९३५ रुपैयाँ रहेको थियो ।
प्रकाशित मिति : २४ पुष २०८२, बिहीबार १०:५९








