२३ पुष २०८२, बुधबार | Wed Jan 7 2026

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

२१ पुस, काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । आज एकै दिन सुनको मूल्य तोलामा ४ हजार ६०० रुपैयाँले र चाँदीको मूल्य तोलामा १८५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार  छापावाल सुन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि १८५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ४ हजार ६८५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : २१ पुष २०८२, सोमबार १०:५५