४ मंसिर २०८३, बिहिबार | Fri Nov 20 2026

प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान

https://www.muktinathbank.com.np/online/loan-application

१२ मंसिर, काठमाडौँ । रिलायन्स साहित्य समाजले नेपाली भाषा साहित्यका क्षेत्रमा योगदान दिने पुराना र युवा स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ कवि एवं समालोचक प्रा जगतप्रसाद उपाध्यायलाई रु ३५ हजार पाँच राशिको सम्मान तथा युवा कवि सुदेश सत्याललाई रु १५ हजार पाँच राशिको प्रतिभा पुरस्कार प्रदान गर्नुभएको हो ।

पूर्वकुलपति उप्रेतीले भाषा साहित्य राष्ट्रको पहिचान भएको उल्लेख गर्दै निजीस्तरमा खुलेका साहित्यिक संस्थाले पुराना र नयाँ स्रष्टालाई सम्मान तथा पुरस्कृत गर्ने परम्परालाई निरन्तरता दिनु सकारात्मक पक्ष भएको धारणा राख्नुभयो ।

सम्मानित स्रष्टा उपाध्यायको व्यक्तित्वबारे समालोचक प्रा डा हेमनाथ पौडेलले तथा युवा प्रतिभा सत्यालबारे उपप्राध्यापक रुपक अलङ्कारले चर्चा गर्नुभएको थियो । रिलायन्स शैक्षिक प्रतिष्ठानका अध्यक्ष रवीन्द्रजङग थापा भाषा, साहित्य र कला क्षेत्रलाई राष्ट्रले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा आयोजित १६औँ राष्ट्रव्यापी अन्तरविद्यालयस्तरीय वक्रृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो । यस वर्ष महाकवि देवकोटाको ‘वन’ कवितामा वक्तृत्वकला प्रतियोगिता गराइएको समाजका अध्यक्ष दामोदर निरौलाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : November 28, 2025 at 4:57 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/