२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

हिमालयन डिस्टिलरीको ‘श्लोक हिमालयन प्रिमियम ह्विस्की बजारमा’, मूल्य कति ?

२५ कात्तिक, काठमाडाैं। हिमालयन डिस्टिलरी लिमिटेडले ‘श्लोक हिमालयन प्रिमियम ह्विस्की’बजारमा ल्याएको छ। कम्पनीले हाललाई काठमाण्डौका प्रमुख स्टोरहरुमा यो नयाँ प्रिमियम ह्विस्की उपलब्ध गराएको जनाएको छ।

कम्पनीका अनुसार यो व्हिस्की उत्कृष्ट शिल्प कौशलको प्रतीक हो। क्वेरकस आल्बा (Quercus Alba) काठका ब्यारेलमा परिपक्व गरिएको यो ह्विस्कीमा मह, भ्यानिला, क्यारेमेलर Smoky Flavorको स्वाद र सुगन्धको सन्तुलित मिश्रण पाइन्छ। हिमालयन डिस्टिलरीका अनुसार यो Medium-Bodied ह्विस्कीले परम्परा र आधुनिकताको समिश्रण झल्काउँछ।

कम्पनीका अनुसार श्लोकमा प्रयोग हुने मदिराको विकासमा करिब पाँचवर्षको समय र ४०० भन्दा बढी नमुना परीक्षण गरिएको थियो।‘हाल ७५० मि.ली., १८० मि.ली.र ९० मि.ली.गरी तीन वटा साइजमा उपलब्ध छर सो को मूल्य क्रमस रु २,८६०, रु ७१५ र रु ३६० रहेको छ।

प्रकाशित मिति : November 11, 2025 at 2:43 pm