चन्द्रागिरी केबलकार आगामी शनिवारदेखि पुनः सञ्चालनमा आउने
१९ कात्तिक, काठमाडाैं। जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि बन्द भएको चन्द्रागिरी केवल कार आगामी शनिवारदेखि पुनः सञ्चालनमा आउने भएको छ । कात्तिक २२ गते शनिवारदेखि चन्द्रागिरी केवलकार पुनः सञ्चालनमा आउने भएको हो ।
गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा चन्द्रागिरीको तल्लो स्टेशनमा तोडफोड र आगजनी भएको थियो । जसका कारण चन्द्रागिरी केवलकार बन्द हुन पुगेको थियो । बन्द भएको २ महिनापछि आवश्यक मर्मत गरी केवलकार सेवा पुनः सुचारु गर्न लागिएको हो ।
प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार १७:५४










