१७ पुष २०८२, बिहीबार | Thu Jan 1 2026

गाजामा बन्धक बनाइएका नेपालका विपिन जोशी जिवितै रहेको पुष्टि

२६ असोज, काठमाडौँ । हमासले गाजामा नियन्त्रणमा लिएर बन्धक बनाएका नेपालका विपिन जोशी जिवितै रहेको पुष्टि भएको छ । हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गर्नु अगाडि सार्वजनिक सूचीमा  नेपालका जोशीको नाम र तस्बिर समावेश गरिएको छ ।

dainiki.com

यसले जोशी जिवितै रहेको पुष्टि भएको छ । अहिलेसम्म जोशीको वास्तविक अवस्था पत्ता लागेको थिएन । हमासले जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशीको नाम र तस्बिर समेत राखेर सार्वजनिक गरेसँगै जोशी अब रिहा हुने भएका छन । सोमबार पहिलो चरणको बन्धक रिहा गरिने कार्यक्रम छ । त्यसअघि बन्धकहरूको नाम र तस्बिर सार्वजनिक गरिएको छ ।

वाशिङ्टन पोस्टले जीवित बन्धकको सूचीमा विपिन पनि रहेको सार्वजनिक गरेको छ । यस्तै टाइम्स अफ इजरायल, एपीसहितले पनि जोशी जिवितै रहेको भन्दै बन्धक रिहा हुने सूचीमा रहेको जनाएको छ । दक्षिण इजरायलको अलुमिम किबुत्जमा खेतमा काम गर्दै गर्दा विपिन हमासको अपरहणमा परेका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आईतवार ०९:२३