१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

क्यासिनोले विदेशी मुद्राको कारोबार गर्न राष्ट्र बैंकबाट इजाजत लिनुपर्ने

२४ असोज, काठमाडौं । क्यासिनोले विदेशी मुद्राको कारोबार गर्न इजाजत लिनुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले शुक्रबार एक सूचना जारी गर्दै क्यासिनोलगायतका संस्थाले विदेशी मुद्राको कारोबार गर्न इजाजत लिनुपर्ने व्यवस्था गरेको हो।

 प्रकाशित  सूचना अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ अनुसार विदेशी मुद्राको कारोबार गर्नका लागि अनिवार्य रूपमा बैंकबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको छ ।

सूचनामा भनिएको छ, ‘नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७’ को परिच्छेद–४ अनुसार क्यासिनोलाई विदेशी मुद्रा कारोबारको इजाजत प्रदान गर्ने व्यवस्था गरिएको छ ।’

उल्लिखित व्यवस्था बमोजिम क्यासिनो लगायतका संस्थाहरुले इजाजतपत्र लिएर मात्र विदेशी विनिमय (भारतीय मुद्रा समेत) को कारोबार गर्नु/गराउन राष्ट्र बैंकले आग्रह गरेको हो ।

प्रकाशित मिति : October 10, 2025 at 12:56 pm