लागूऔषध सेवन गरेर हिँडेका नुवाकोटका एक युवा बसमै ढले
२१ असोज, नुवाकोट । लागूऔषध सेवन गरेर हिँडेका एक युवा बसमै ढलेका छन । विदुर नगरपालिका वडा नम्बर १ को ढुंगेमा बेहोस भएर ढलेका बिदुर नगरपालिका वडा नम्बर ९ लामाटारका अमृत बिश्वकर्माको उपचारका क्रममा त्रिशुली अस्पतालमा मृत्यु भएको नुवाकोट प्रहरीका प्रवक्ता डिएसपी विक्रम लामाले जानकारी दिनुभयो ।
प्रदेस ३(००१(००५ ख ९४६५ नम्बरको बसमा काठमाडौबाट नुवाकोटको किस्पाङतर्फ जाँदै गरेको बसमा चढेका अमृत ढुंगेमा पुग्दा बेहोस अवस्थामा भेटिएका थिए । तत्कालै प्रहरीलाई खबर गरेर त्रिशुली अस्पताल पुर्याइएका अमृतको सोमबार नै मृत्यु भएको चिकित्सकले बताएका छन ।

अन्दाजी ३ बजे बेहोस अवस्थामा भेटिएका अमृतलाई केहीबेरमै अस्पताल पुर्याएको थियो । चिकित्सकहरूले स्वास्थ्य परीक्षण सकेर उपचार अघि बढाउँदै गर्दा ४ बजेर ४० मिनेटमा मृत्यु भएको जानकारी दिएका थिए ।
अस्पताले अमृतले अत्याधिक मात्रमा लागूऔषध सेवन गरेको स्वास्थ्य प्रतिवेदनले देखाएको बताएको छ । प्रहरीले यस सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलवार ०७:१८












