प्रधानमन्त्री बालेन आइतबार दिउँसो भारत भ्रमणमा जाने
४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो भारत भ्रमणमा जाने भएका छन् । भारत भ्रमणबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको प्रेस ब्रिफिङ अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार १:४५ बजे नेपाल वायु सेवा निगमको नियमित उडानमार्फत भारत भ्रमणमा जानेछन् ।
भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत सहभागी हुनेछन्। प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ। दुई दिने भारत भ्रमण सकेर प्रधानमन्त्री सोमबार साँझ ६:३५ बजे स्वदेश फर्कने कार्यक्रम छ ।
प्रकाशित मिति : November 20, 2026 at 11:53 am













