प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता
७ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उहाँहरूबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा देशको पछिल्लो शान्ति सुरक्षाको अवस्थाबारे छलफल भएको बताइएको छ ।
जेनजी प्रदर्शनपछि नयाँ प्रधानमन्त्री चयन प्रक्रियामा सेनापति सिग्देलले समन्वय गर्नुभएको थियो । जेनजीको माग अनुसार कार्की प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । प्रधानमन्त्री बनेपछि प्रधानसेनापति सिग्देलसँग भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार १७:०९







