१८ पुष २०८२, शुक्रबार | Fri Jan 2 2026

अर्थ मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर

५ असोज, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयका तीन सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्नुभएको छ । मन्त्री खनालले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखमा महेश आचार्यलाई ल्याउनुभएको छ । सो महाशाखा प्रमुख रहनुभएका सेवन्तक पोखरेललाई वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बनाइएको छ ।

त्यस्तै, वित्तीय संघीयता महाशाखा प्रमुख रहनुभएका महेश बराललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुख बनाइएको छ ।  यसअघि सहसचिव आचार्यले तालिम केन्द्रको प्रमुखको रुपमा काम गरिरहेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आईतवार १७:१५